बेचेर तपार्ईंंको रगत, बन्दुक खरिद गर्छ सत्ता

बेचेर तपार्ईंंको रगत, बन्दुक खरिद गर्छ सत्ता

रक्तदान


तपार्ईंंलाई थाहा नहुनसक्छ
तपार्ईंंको बाजेको
तपार्ईंंको बाबुको
तपार्ईंंको आमाको
तपार्ईंंको श्रीमतिको
वा तपार्ईंंको आफ्नै पनि
ब्लड ग्रुप कुन हो ?
हो, तपार्ईंंलाई थाहा नहुन सक्छ
कि तपार्ईंंको सन्तानको
तपार्ईंंको आफन्तको
ब्लड ग्रुप कुन हो ?
बिल्कुल थाहा नपाएर पनि
आफ्नो रक्त–समूह
तपार्ईंं गरिरहनुभएको छ
रक्तदान

रक्तदान जीवनदान हो !!!
सबै कोणबाट सत्य
रक्तदान महादान हो
सबै धर्मबाट सत्य
तर तपार्ईंं पापी मान्छे
तपार्ईंं जीवन नभएको मान्छे
गरिरहनुभएको छ
रक्तदान

तपार्ईंंको रक्तदान
देशको सिमानामा हुन्छ
वा विदेशको विकासमा हुन्छ
दुनियाँका सबै युद्धमा हुन्छ
ब्लड ग्रुप थाहा हुनु पर्दैन !!!

तपार्ईंंको रगत
रातो रगत
रक्तदानपछि
कसरी सजाइन्छन् ??
सपिङ्ग मलहरुमा
डिनर–पार्टीहरुमा
वा मायावी मस्तीहरुमा
यसबारे हिसाब नखोजेर पनि
तपार्ईंं गरिरहनुभएको छ
रक्तदान ।

यो सभ्यताका
सबै दर्शनमा
पुराणहरुमा
धर्महरुमा
कर्महरुमा
विकास, युद्ध, राजनीतिमा
वा कानुन र कूटनीतिहरुमा
तपार्ईंं गरिरहनुहुन्छ
रक्तदान !!!

निकालेर रगत
मुटुबाट तपार्ईंंको
लैजान सपिङ्ग मलहरुमा
आवश्यकता पर्दैन
कुनै खाले आधुनिक सिरिञ्ज
चाहिँदैन प्लास्टिकको पोको
वा आवश्यक छैन
उचित तापक्रम
बस, तपार्ईंं
गरिरहनुभएको छ
रक्तदान ।।

तपार्ईंं अछूत हो
फरक पर्दैन,
तपार्ईंं गरिब हो
फरक पर्दैन,
तपार्ईंं मजदुर हो
फरक पर्दैन,
तपार्ईंं वृद्ध हो वा नाबालक
पुरुष हो वा महिला हो
यसले कत्ति पनि
अर्थ राख्दैन
किनकि तपार्ईंं गरिरहनुभएको छ
जीवनदान
यानि कि रक्तदान !!!

तपार्ईंंको रक्तदानबाट
धरहरा बन्छ
वा बन्छ वा ट्वीनटावर
तपार्ईंंको रक्तदानबाट
तयार हुन्छ
ह्वाइट हाउस वा सिंहदरबार
तपार्ईंंकै रक्तदानबाट
निर्माण हुन्छ
ताजमहल वा रानीपोखरी
के मतलब
यसमा के अर्थ लुकेको छ
फरक पर्दैन
तर तपार्ईंं गरिरहनु भएको छ
रक्तदान

बेहिसाब रक्तदान
लिइरहन्छ राज्य तपार्ईंंको
सबै खाले उपायबाट
बिनाजानकारी
तपार्ईंंको ब्लड ग्रुप
बेहिसाब रक्तदान
लिइरहन्छन् तपार्ईंंको धर्म र कानुन
न्यायालय र संविधान
जंगीअड्डा
मन्त्रालय
फकाएर, धम्काएर
तपार्ईंंलाई

तपार्ईंं गरिरहनुहुन्छ
रक्तदान

खाएर तपार्ईंंको रगत
डण्डिबियो खेल्छ राज्य
तपाईंसँगै र हराइदिन्छ तपार्ईंंलाई
बेचेर तपार्ईंंको रगत
बन्दुक खरिद गर्छ सत्ता
र ताकिबस्छ तपार्ईंंको कन्चट
चौबिसै घण्टा
र तपार्ईंं गरिरहनु हुन्छ
रक्तदान !!!

बनाएर
तपार्ईंंलाई
कुल्ली, दास र भरिया
लाहुरे, बहादुर र सिपाही
वा
कार्यकर्ता
अझ जनता
सिर्जना गरेर आतंक
उडाएर बमवर्षक विमान
तपार्ईंंको टाउकोमाथि
तेस्र्याएर संगीन
तपार्ईंंको घाटीमा
तपार्ईंंलाई बाध्य बनाइन्छ
रक्तदान गर्न
र तपाईं गरिरहनुभएको छ
रक्तदान !!!

तपार्ईंंको रगतबाट निर्मित
कानुन तपार्ईंंको हैन
धर्म तपार्ईंंको हैन
विकास तपाईंको हैन
देश तपार्ईंंको हैन
कुनै सपिङ्ग कम्प्लेस तपार्ईंंको हैन
बन्दुक तपार्ईंंको हैन
तैपनि तपार्ईंं गरिरहनुभएको छ
रक्तदान !!!

पख्नुस् रोकिनुस्
एकैछिन
अनि बदला लिनुस् तपार्ईंं पनि
अथवा बदलिनुस् आजैबाट
विपरीत दिशातिर फर्कनुस्
वा
आँखा उघारेर हेर्नुस्
जो लिइरहेछ रक्तदान
जुधाउनुस् आँखा एकपटक उसैसँग
अब
समय टाप कस्नुअघि
तपार्ईंंको बलेंसीबाट
गर्नुस् एउटा
भयानक डरलाग्दो निर्णय
र आज अहिल्यै यतिखेरै
बन्द गरिदिनुस्
रक्तदान !!!

क्याटेगोरीः कला साहित्य

लेखक बारेः