पहिचानवादी नेताहरु, ‘छोटे राजा’ भएर एकात्मक शासनकै आहारा बन्दै बस्ने ?

पहिचानवादी नेताहरु, ‘छोटे राजा’ भएर एकात्मक शासनकै आहारा बन्दै बस्ने ?

हामी प्रत्यक्ष देखिरहन्छौं- सयौं स-साना कमिला मिलेर आफूभन्दा ठूलो कीरालाई घिसार्दै लगेको । सयौं मिहेनती माहुरी मिलेर मीठो मह तयार पारेको ।
हामीले यस्ता कयौं कथा र लेख पढ्यौं एकतामा बल हुन्छ भनेर । के हामी ती कथा र लेख कक्षा पास हुनका लागि मात्र पढेका थियौं वा मनोरन्जनको लागि मात्र सुनेका थियौं ? वा जीवनका अनेकौं व्यावहारिक पक्षमा काम लाग्छ भनेर अध्ययन गरेका थियौं ?

यदि हामी विवेकशील प्राणी हो भने त्यो व्यावहारिक पाटोलाई किन नअँगाल्ने ? के हामी अर्काको घरमा पाकेको तरकारीको वासनाले भात खाने मान्छे हौं र ? पक्कै पनि होइन ।

यी प्रश्न वाहियात पाराले गरेको पक्कै होइन । यसमा वर्तमान नेपाली राजनीति, विशेष गरी जनजाति, मधेशी, दलित र उत्पीडित जाति वा समुदायप्रति राज्यले लिएको एकल नीतिविरुद्ध भइरहेको आन्दोलनबारे केही वस्तुगत धारणा राख्न खोजिएको हो । 

बृहत्तर रुपमा दलित, मधेशी र उत्पीडित समुदायसँग मोर्चाबद्ध भई लड्नुपर्छ । यदि एकात्मक राज्यसत्तालाई पराजित गर्नु छ भने आन्दोलन र चुनावी प्रक्रियामा पनि सहकार्य र संघर्ष गर्नुको विकल्प छैन ।

हाम्रो आन्दोलन एकात्मकताविरुद्ध लड्न कि आ-आफू नेता बन्नका लागि हो ? केही विद्वान सामाजिक सन्जालमा आ-आफ्ना मनोगत सिद्धान्त हो न हो जस्तै गरी कुर्लन्छन् तर पनि हामी किन हारिरहेका छौं भन्ने कुरा ती विद्धानहरुलाई थाहा छैन । ‘यो यता गयो त्यो त्यता गयो’ भन्दै अरुलाई आरोप प्रत्यारोप गर्यो बस्यो । के यसो गरेर हामी जितिरहेका छौं त ? बिल्कुल छैनौं । बरु हामी दिनदिनै कमजोर बन्दै हारिरहेका छौं । तर हाम्रा विद्धान नेताहरुले कहिले सोचेनन् कि हामी पहिचानवादी, उत्पीडितहरु एक भएर मात्र एकात्मकताविरुद्ध अन्तिम लडाइँमा विजय हुन्छौं भन्ने कुरा । बरु अरुको उछित्तो काढ्नमै व्यस्त भयौं । यसरी नै गयौं भने हामी सयौं शताब्दीसम्म हारिरहेकै हुनेछौं ।

अहिले हामी कुनै सिद्धान्त र वादमा अल्झिने समय होइन । हामीले जसरी हुन्छ एकतामै जोड दिन पर्छ र विभिन्न समूहमा लागेकालाई कसरी तान्ने भन्ने हेतुले काम गर्न जरुरी छ । होइन भने हामी जति टुक्रामा विभाजन हुन्छौं त्यति नै गुणा बढी एकात्मकवादीहरुलाई फाइदा हुन्छ त्यो निर्वाचनमा होस् वा आन्दोलन दबाउनमा । त्यसैले तत्कालको कार्यनीति पार्टीगत वाद र सिद्धान्त त्यागेर एकताको लागि पहल गर्न जरुरी छ सबैबाट । तब मात्र हामी जित्ने दिशातर्फ उन्मुख हुन्छौं । विभिन्न एकात्मक पार्टीमा रहेकाहरु पनि अन्तिममा मिसिन आउनेछन् र हामी अवश्य विजयी हुनेछौं यो शताब्दीमै ।

मेरो आग्रह छ, पार्टीका होलटाइमरहरु विशेष पहिचानवादी र उत्पीडितको एकतामै जोड दिएर समय खर्च गरौं पहल गरौं । यो आजको अनिवार्य आवश्यकता हो । हरेक आन्दोलन आवश्यकताले निर्धारण गर्ने हो । त्यो आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्‍यौं भने अवश्य सफल हुनेछौं । 

अलिकति राजनीतिक कुरा गर्ने बित्तिकै, केन्द्रीय सदस्य बन्ने बित्तिकै र एउटा सामान्य आफ्नो पार्टीको नेतालाई एक दुई पटक भेटेर चिनेर बोल्ने बित्तिकै ठूलै नेता भइटोपल्ने जमात बढदै छ ।

हामी अर्ध-राजनीतिक चेत बोकेर राजनीति त सुरु गर्‍यौं तर आफू आफू नेता बन्ने प्रवृत्तिले एउटै एजेण्डा, गन्तव्य र उद्देश्य भए पनि फाउन्डेसन नै बलियो नबनाई गुटले जरो गाड्यो । मन परे देवत्वकरण गर्ने र मन नपरे राक्षसीकरण गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । यो कसैको लागि हितकर हुँदैन । जनमुक्ति पार्टी र लिम्बुवान समूहको टुटाइ यस्तै भयो ।

हामीमा यत्ति अहंकार बढेको छ कि अलिकति राजनीतिक कुरा गर्ने बित्तिकै, केन्द्रीय सदस्य बन्ने बित्तिकै र एउटा सामान्य आफ्नो पार्टीको नेतालाई एक दुई पटक भेटेर चिनेर बोल्ने बित्तिकै ठूलै नेता भइटोपल्ने जमात बढदै छ । यसले गर्दा हामी आफै सग्लो नेता बन्ने अभ्यास गर्दैछौं बिनाअध्ययन, बिनासंघर्ष । त्यसले नै टुट्ने राजनीति सुरु भएको हो । यसरी हामी अन्ततः आफै हार्ने लडाइँ लड्दै छौं जुन एकात्मक राज्यसत्ताले चाहेको थियो । हामीहरुमा कम्तीमा पनि सबै आदिवासी जनजाति एक भएर लड्नुको विकल्प छैन ।

बृहत्तर रुपमा दलित, मधेशी र उत्पीडित समुदायसँग मोर्चाबद्ध भई लड्नुपर्छ । यदि एकात्मक राज्यसत्तालाई पराजित गर्नु छ भने आन्दोलन र चुनावी प्रक्रियामा पनि सहकार्य र संघर्ष गर्नुको विकल्प छैन । होइन हामी आफै छोटे राजा भएर बस्ने भएर बस्नु वा सयौं टुक्रे पार्टी भएर बस्नु भनेको त केवल एकात्मक पार्टी र शासनको आहारा बन्नु मात्रै हो । अरुको आहारा बन्ने बाहेक त्यतिखेर हामीसँग अरु केही उपलब्धि हुन्न ।

यो टुक्रे लडाइँ चलिरह्यो भने यो शताब्दी त के, अरु अनेक शताब्दी पनि हामी हारेकै हुनेछौं । त्यसैले यदि बुद्धि छ भने उत्पीडित र सीमान्तकृतहरुका विभिन्न क्लष्टर मिलेर एकात्मकताविरुद्ध विविधता, समानता र न्यायको लडाइँ लड्नुको विकल्प छैन ।

क्याटेगोरीः अन्तर्क्रिया

लेखक बारेः