सबै समुदायलाई नक्सामा प्लट गरेर हेरौँ, त्यसकै आधारमा सीमाङ्कन र नामकरण गरौँ

सबै समुदायलाई नक्सामा प्लट गरेर हेरौँ, त्यसकै आधारमा सीमाङ्कन र नामकरण गरौँ

विकास भनेको आर्थिक भौतिक सुविधा मात्र हो तर संघीयता भनेको

हाम्रो शाश्वत पहिचान र राजनीतिक अधिकारलाई स्थापित गर्ने कुरा हो ।


मानवशास्त्री एवं अभियन्ता डा ओम गुरुङका विचार (http://bit.ly/2bZkmaz) माथि प्रतिक्रिया :

१) साविक १४ अञ्चल, ७५ जिल्ला र सारा गाविस, नविसको सिमानालाई ब्राकेटमा राखौँ वा निलम्बन गरौँ ।

२) भाषिक वा सांस्कृतिक समुदायहरुका ऐेतिहासिक थातथलो र हालको बसोबासको सघनता : यी दुईलाई मूल आधार मानेर तदअनुरुपका क्षेत्रहरु बनाउँ ।

३) देशभरिका सबै समुदायलाई नक्सामा प्लट गरेर हेरौँ र त्यसका आधारमा सीमाङ्कन र नामकरण गर्दै जाउँ, जिल्ला भने पनि, गाउँपालिका भने पनि, प्रान्त भने पनि । जस्तै चेपाङ स्वायत्त क्षेत्र वा विकास क्षेत्र वा जिल्ला वा निर्वाचन क्षेत्र जे भने पनि बन्छ । नत्र भने चेपाङजस्ता आदिवासीलाई यस्तो खाले राज्यसंरचनाले कहिल्यै न्याय दिने छैन ।

nepal

१४ अञ्चल, ७५ जिल्ला पञ्चायत र गाउँ पञ्चायतको सीमांकन गरिनुअघिको नेपालको नक्सा

४) छलकारी “विकासे” मुद्दाको भ्रमजालमा फँसेर (जस्तै बाबुरामजीको नयाँ राजनीतिक नारा) हाम्रो आफ्नै सामूहिक, ऐतिहासिक पहिचानको अधिकारलाई बेदखल हुन नदिउँ ।

५) कुरा बुझौँ, विकास र संघीयता फरक कुरा हुन् । विकास भनेको आर्थिक भौतिक सुविधा मात्र हो तर संघीयता भनेको हाम्रो शाश्वत पहिचान र राजनीतिक अधिकारलाई स्थापित गर्ने कुरा हो ।

६) सैयौँ पुस्तामा एकपटक प्राप्त संगठित रुपमा आफ्नो शाश्वत पहिचानलाई स्थापित गर्ने यो ऐतिहासिक अवसरलाई नगुमाउँ ।

७) मानव जीवनको सार्थकता र परिचायक भनेको भुँडीभरि खान पाउनु मात्तै होइन, हामीभित्र दिमाग र दिल पनि छ भने अस्मिता र पहिचान बोध गरौँ र संगठित होऔँ ।

डा. ओम गुरुङले प्रस्ताव गर्नुभएको संगठित अभियानप्रति मेरो जोडदार समर्थन छ ।

फिचर तस्बिर : मानवशास्त्री तथा लेखक जनकलाल शर्माको पुस्तक हाम्रो समाज एक अध्ययनबाट

क्याटेगोरीः अन्तर्क्रिया

लेखक बारेः