एयरपोर्टभित्र ठेकेदार र माफियाबाट श्रम शोषण भयो, मन्त्रीज्यू !

एयरपोर्टभित्र ठेकेदार र माफियाबाट श्रम शोषण भयो, मन्त्रीज्यू !

काठमाडौं, जेठ १ । पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (यूनिट्राभ)ले वायुसेवा र पर्वतीय तथा पथप्रर्दशक क्षेत्रमा कार्यरत श्रमिकले झेल्दै आएका समस्याबारे श्रममन्त्री दिपक बोहरासमक्ष हिजो सातबुँदे ज्ञापनपत्र बुझाएको छ ।

‘अझै एयरपोर्टभित्र ठेकेदार र माफियाहरुबाट निकै श्रम शोषण भइरहेको’ गुनासो गर्दै यूनिट्राभले ज्ञापनपत्र बुझाएको हो । ʽश्रमिकलाई श्रम ऐनले दिएको सेवा सुविधा, रोजगारको प्रत्याभूतिविरुद्ध कार्य भइरहेको’ उल्लेख गर्दै यूनिट्राभका महासचिव सुमन पराजुलीले वायुसेवा तथा पर्वतीय क्षेत्रका मजदुरका सातबुँदे समस्यालाई सम्बोधन गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा एयरपोर्टमा नेपाल वायुसेवा निगम भित्र ठेक्का प्रथामा काम गर्ने श्रमिकको नेपाल वायुसेवा निगममा व्यवस्थापक र ठेकेदार कम्पनीले व्यापक श्रम शोषण गरेको हुँदा सिधा कम्पनीमार्फत करारमा नियुक्त गरिनुपर्ने ठेक्का प्रथाको अन्त्य गरिनुपर्ने माग गरिएको छ ।

त्यस्तै एयरपोर्टमा कार्यरत स्थायी, अस्थायी, करार र ठेक्कामा कार्यरत श्रमिकको सेवा, सुविधा बिमाका साथ साथै सामाजिक सुरक्षा र रोजगारको ग्यारेन्टी गरिनुपर्ने पनि उल्खेख गरिएको छ ।

श्रमिकको ज्ञापन बुझ्दै श्रममन्त्री दिपक बोहराले ठेक्काको नाममा एयरपोर्टका श्रमिकको शोषण हुन नहुने भन्दै एयरपोर्ट, ट्रेकिङ क्षेत्रका श्रमिकको समस्या समाधान गर्न एयरपोर्ट व्यवस्थापन, टान, एनएमएसँग वार्ता गरेर उच्चस्तरीय कार्यदल बनाउने आश्वासन दिए ।

यूनिट्राभले पर्यटनमन्त्री आनन्द पोखरेल र पर्यटन सचिव प्रेम राईसमक्ष पनि ज्ञापनपत्र बुझाएको छ ।

क्याटेगोरीः अर्थ, समाचार