कवि दुर्गालालका कविता र गीत प्रस्तुत

कवि दुर्गालालका कविता र गीत प्रस्तुत

ललितपुर, भदौ १९ । जगत सुन्दर ब्वनेकुथि मावि तथा लहना मिडियाको आयोजनामा शनिबार यहाँ जगतसुन्दर दबू नामक कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले आफ्ना भाषिक अधिकारका बारेमा लेखेका केही कालजयी कविताहरु बाचन गरे ।

उक्त कार्यक्रममा आनी छोइङ डोल्मा र संगीतकार न्ह्यू वज्राचार्यले कवि श्रेष्ठका कवितामाथि संगीतवद्ध गरिएका गीतहरु पनि गाए ।  मदनकृष्ण श्रेष्ठ, भृगुराम श्रेष्ठ, निशा देशार, संगीता शाक्य, सानुबाबु महर्जन लगायत अन्य थुप्रै कलाकारहरुले पनि उनले रचना गरेका गीतहरुको प्रस्तुतीकरण गरे ।

साथै उक्त स्कूलका विद्यार्थीहरुका साथै अन्य कलाकारहरुले पनि उनको रचनामा बनाइएका गीतहरुमा नृत्य प्रस्तुत गरे ।

उनलाई गरिएको सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले भने, यो सम्मान मलाई होइन, मैले रचना गरेका कविता वा गीतहरुको भावनालाई गरेको भनेर लिएको छु । मेरा कविताहरुले आफ्ना देशमा बसेर पनि आफ्नो जाति र भाषा शासकहरुको भन्दा फरक भएकोले आफुलाई आफ्नो देशको नागरिक भनेर भन्न नपाइरहेका हरेक नेपाली जनताको आवाज हो । यो आवाज जसले बोलेपनि सम्मान गर्न लायकको हुन्छ ।

साथै शताव्दी पुरुष सत्यमोहन जोशीले आजभन्दा ५० वष अगाडि २०२२सालमा पञ्चायती सरकारका एकभाषानीतिका पक्षधर प्रशासकअरुले सरकारी भाषा बाहेक अन्य भाषालाई रेडियो नेपालबाट गलहत्याएर निकाले र यसको विरोधमा नेपाली जनताले आजसम्म आन्दोलन गरिरहेको छ जुल आज जातीय पहिचान सहितको स्वायत्त राज्यको मागसम्म आइपुगेको बताए ।

(तस्बीर : अर्विन सिंह)

क्याटेगोरीः समाचार