किरात याक्थुङ चुम्लुङबाट पुरस्कार वितरण

किरात याक्थुङ चुम्लुङबाट पुरस्कार वितरण

ललितपुर, भदौ १८ । किरात याक्थुङ चुम्लुङ (कियाचु)को २८औं स्थापना दिवसको अवसरमा शुक्रबार विभिन्न व्यक्तित्वहरु पुरस्कृत भए ।

उक्त कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले स्व इमानसिं चेम्जोङलाई मरणोपरान्त रु १ लाख राशीको रत्नशोभा शुभलक्ष्मी मुन्धुम पुरस्कार वितरण गरे । साथै याक्थुङ सहयोग कोषको पुरस्कार सरकारी विद्यालयबाट एसएलसी उतीर्ण गरेका छात्रहरुमध्ये उत्कृष्ट अंक हासिल गर्ने चिलिङदेन पान्थरका शम्भु लिम्बूलाई र छात्राहरुतर्फ उत्कृष्ट अंक ल्याउने गजुरमुखी इलामका रेजीना योङहाहङलाई वितरण गरिएको थियो ।

सोही कार्यक्रममा ललितपुर जिल्लाबाट प्रदान हुने लिम्बु भाषा साहित्य प्रतिष्ठानलाई दिने रु १ लाख रुपैया, लिम्बुवान अध्ययन केन्द्रलाई १ लाख रुपैंया र लाकेकसेवा आयोग तालिमको लागि रु २ लाख पनि प्रदान गरियो ।

साथै हाल हङकङमा रहेका टंक चोङबाङलाई युवराज चोङबाङलाई पत्रकारिता पुरस्कार वितरण गरियो ।

त्यस्तै काठमाडौं, ललितपुर र भक्तपुरबाट एसएलसी उतीर्ण लिम्बु विद्यार्थीहरुलाई प्रशंसा पत्र, संस्थाका विशिष्ट संरक्षक र आजीवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गर्नुका साथै कियाचु कुबेतबाट प्राप्त मिर्गौंला रोगी तेह्रथुम जल्ला अध्यक्षका छोरालाई रु ५० हजार पनि उक्र कार्यक्रममा वितरण गरिएको थियो ।
कियाचु अध्यक्ष उत्तमसिं थाङदेन लिम्बुको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रमा महासचिव प्रेम येक्तेनले संगठनको गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको अन्तमा साँस्कृतिक कार्यक्रमको प्रस्तुति पनि गरिएको थियो ।

तस्बीर : योगराज लिम्बु वानेम

क्याटेगोरीः समाचार

अन्य लेखहरुः