भुलभुले मध्यमस्र्याङदी पीडितहरुद्वारा प्रदर्शन

भुलभुले मध्यमस्र्याङदी पीडितहरुद्वारा प्रदर्शन

बेसीशहर, भदौ १८ । भुलभुले मध्यमस्र्याङदी १३२ के.भी प्रसारण लाईन परियोजानाबाट प्रभावित आदिवासी तथा स्थानीय समुदायहरुको सहभागिता, परामर्श, जानकारी र मञ्जुरी नलिई परियोजना सम्पन्न गर्न लागेको भनि प्रभावित समुदायहरुले सदरमुकाम बेसीशहरमा ब्यापक प्रदर्शन गरेका छन् ।

सो परियोजनाबाट प्रभावित समुदायहका सदस्यहरुले आई.एल.ओ. महासन्धी नं १६९ कार्यन्वयन गर, आदिवासीहरुको मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र लागु गर, स्वतन्त्र, अग्रिम जानकारी सहितको मञ्जुरी लागु गर भन्ने जस्ता नारा सहित प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

प्रभावित समुदायहरुले प्रशारण लाईनमुनि पर्ने जग्गाहरुको क्षतीपुर्ति चलन चल्तीको भाउमा नदिई एकलौटी रुपमा प्रभावितहरुको परामर्श र सहभागिता नगराई निर्धारण गरेको कारण राष्ट्रिय तथा अन्तरष्ट्रिय कानूनका प्रवधानहरुलाई लागू गरी परियोजना संचालन गर्नको लागि सम्बन्धित सरोकारवाला निकायलाई दवाव दिनको लागि यो कार्यक्रम आयोनजा गरिएको कुरा आदिवासी मानव अधिकार प्रतिरक्षक श्री खेमजोङ गुरुङ बताउँछन् ।

नेपाल सरकारको लगानीमा संचालन गरिएको यस परियोजनाले करिब २०० घरधुरी आदिवासी तथा स्थानीय समुदायलाई प्रभावित पार्ने जानकारी पाईएको छ ।

प्रसारण लाईन पीडित संधर्ष समिति संयोजक प्रेम वहादुर भण्डारीले सो परियोजनाले सिनो सगरमाथा हाइड्रोपावर कम्पनी द्वारा निर्मित अपर मस्र्याङदी जल विद्युत परियोजना स्थल भुलभुले गाविस ङादीदेखि बाँझाखेत गाविस, बेसीशहर नगरपालिका, हिलेटक्सार गाविस.र चिती गाविसको क्षेत्रको मस्र्याङदी करिडोर हुँदै उदिपुर राष्ट्रिय प्रशारण लाईनमा जोडिने भन्ने कुरा थाहा पाएको कुरा जानकारी गराए ।

क्याटेगोरीः समाचार