विश्व स्वच्छ व्यवसायी दिवसमा मानव साङ्ग्लो बनाइँदै

विश्व स्वच्छ व्यवसायी दिवसमा मानव साङ्ग्लो बनाइँदै

ललितपुर, वैशाख ३१ । विश्व स्वच्छ व्यवसायी संगठनको आव्हानमा नेपालमा पनि भोलि विभिन्न कार्यक्रम गरी विश्व स्वच्छ व्यवसायी दिवस मनाइने भएको छ ।

स्वच्छ व्यवसाय समूह नेपालद्वारा आयोजना गरिने उक्त दिवसको उपलक्ष्यमा ललितपुरको जावलाखेलबाट र्‍याली शुरु गरी ललितपुरकै दरबार क्षेत्र (मंगलबजार) मा पुगेर मानव साङ्ग्लो बनाउने जनाइएको छ ।

स्वच्छ व्यवसाय समूह नेपालका कार्यबाहक अध्यक्ष चित्रबहादुर केसीका अनुसार विहान ७ बजेबाट शुरु गरिेने उक्त कार्यक्रममा स्वच्छ व्यवसाय समूह नेपालका सदस्य उत्पादकहरु, शिल्पीहरु तथा शुभेच्छक सहभागी हुने जनाइएको छ ।

विश्व स्वच्छ व्यवसायी संगठन (World Fair Trade Organization, WFTO) को आव्हानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवर्धन गर्न तथा जनमानसमा यसबारे जानकारी प्रदान गर्ने उद्देश्यले वर्षेनी विभिन्न कार्यक्रमका साथ विश्व स्वच्छ व्यवसायी दिवस मनाउँदै आइरहेको छ ।

स्वच्छ व्यवसायीहरुको छाता संस्थाका रुपमा सन् १९९६ मा स्थापित स्वच्छ व्यवसाय समूह नेपालले आर्थिक र सामाजिक रुपले पिछडिएका चार हजार उत्पादकलाई २१ वटा व्यवसायी संस्थामार्फत रोजगार उपलब्ध गराउँदै आएको केसीले बताएका छन् ।

तस्बिर : kumbeshwar.com

 

क्याटेगोरीः अर्थ, समाचार