रानीपोखरी पुनःनिर्माणमा युनेस्कोको आपत्ति

रानीपोखरी पुनःनिर्माणमा युनेस्कोको आपत्ति

काठमाडौं, भदौ १७ । नेपालस्थित संयुक्तराष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को) हालै रानीपोखरीमाथि ऐतिहासिक मन्दिरमा भइरहेको पुनःनिर्माणलाई अनुपयुक्त भनी रोक्न आग्रह गरेको छ ।

पुरातत्वविभागको अनुमति नलिई काठमाडौं महानगरपालिकाले करिब ३५० वर्ष पुरानो रानीपोखरीको बीचमा बनेको गोपालेश्वर मन्दिरमाथि कंक्रिटको पिल्लर राखेर भवन बनाउँदै थियो ।

काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई गत हप्ता पठाइएको चिठीमा सन् १६७० मा निर्माण भएको काठमाडौँकै प्रशिद्ध स्थलचिन्हका रुपमा सुपरिचित धार्मिक महत्वको ऐतिहासिक संरचना रानीपोखरीको अनुपयुक्त ढंगबाट हुन गइरहेको पुनर्निर्माणप्रति  युनेस्कोले आफ्नो चासो व्यक्त गर्दै युनेस्कोबाट जारी विज्ञप्तिमा भनिएको छ – यस प्रकारको व्यवहारबाट हनुमानढोका दरवार स्मारक क्षेत्रस्थित मुख्य सम्पदा स्थलहरु जस्तै काष्ठमण्डप र मजुडेग लगायतका काठमाडौँ उपत्यकाका भावी पुनर्निर्माणप्रतिको विश्वासनियता माथि पनि गंभीर प्रश्नचिन्ह खडा भएको छ । 

पुनर्निर्माण प्रारम्भ भए देखिनै युनेस्कोले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगका बैठकहरुमा र पत्रचारमार्फत पनि ऐतिहासिक धरोहरहरुको पुननिर्माणका लागि प्रस्ताव आह्वान गर्ने प्रक्रियालाई परिवतर्नन गर्नका लागि जोड दिँदै आएको छ । काठमाडौँ उपत्यका विश्वसम्पदा स्थलका विशिष्टताहरुलाई नष्ट गर्नसक्ने जोखिम भएका कारण सम्पदास्थलको पुनर्निर्माणका लागि सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकदार कम्पनीलाई ठेक्का दिँनु अनुपयुक्त हुन्छ । परिणामतः नेपालको सांस्कृतिक पर्यटकीय संभावनामाथि नकरात्मक असर पर्न सक्छ । 

यसका साथै, युनेस्कोले रानीपोखरी पुननिर्माणका बारेमा पहिलोपटक ध्यानाकर्षण गराउने समुदायको दह्रो संलग्नतालाई  स्वागत गरेकाे  छ । “पुनर्निर्माण प्रक्रियामा सामुदायिक प्रतिनिधित्वलाई एकीकृत गरिनु पर्छ ।” 

युनेस्कोले पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई रानीपोखरीमा भइरहेको काम तुरुन्त रोक्न तथा पुरातत्व विभागद्वारा पुनर्निर्माण प्रक्रियाको उचीत अनुगमन र सुपरिवेक्ष भएको सुनिश्चित गर्नका लागि पुनः अपील गर्दछ । उचीत समाधान पत्ता लगाउने काममा युनेस्कोले पूर्ण सहयोग गर्ने कुरा समेत दोहोयाउन चाहन्छ । 

काठमाडौँ महानगरपालिका र पुरातत्व विभागले रानीपोखरी र सम्पूर्ण काठमाडौँ उपत्यकाको धार्मिक, सास्ंकृतिक र ऐतिहासिक महत्वलाई कायम राख्दै त्यसको जगेर्ना गर्ने काममा ठोस प्रभावकारी कदम चाल्ने छन् भन्नेमा युनेस्काे  विश्वस्त भएकाे पनि  विज्ञप्तिमा उल्लेख छ ।

 

क्याटेगोरीः समाचार